नेपाली कांग्रेस संसदीय दल सदस्य सचिव पदमा मदनकृष्ण श्रेष्ठ चयन भएका छन्।
संसदीय दल नेता भीष्मराज आङ्देम्बेले भक्तपुरका श्रेष्ठलाई संसदीय दल सदस्य सचिव बनाएका हुन्।
श्रेष्ठ प्रतिनिधि सभा सदस्य छन्। उनी समानुपातिक तर्फबाट सांसद भएका हुन्।
संसदीय दलको जेठ १४ को बैठकको निर्णयअनुसार भन्दै संसदीय दल नेता आङ्देम्बेले श्रेष्ठलाई जेठ १७ गते संसदीय दल सदस्य सचिव पदमा चयन गरेका हुन्।