राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले दिएको 'नेपालले भारतको जग्गा मिचेको' अभिव्यक्तिको तथ्य पेस गर्न आग्रह गरेका छन्। प्रमाण पेस गर्न नसक्ने हो भने प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन उनले माग गरे।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा संसदीय दल नेता शाहीले भने, ‘प्रधानमन्त्रीले बोलेको सामान्य विषयवस्तु होइन। चिया पसलमा बोलेको कुरा पनि होइन, यो देशको प्रधानमन्त्रीले संसदमा राखेको विषयवस्तु हो। कि तथ्य र प्रमाण पेस गरिनुपर्छ होइन भने रेकर्डबाट प्रधानमन्त्रीले हिजो बोलेको कुरा हटाउनुपर्छ।’