प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन शाहमा गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन देखिएको बताएको छ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीमा कुटनीतिs परिपक्वता नदेखिएको र गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन देखिएको बताएका हुन्।
'प्रधानमन्त्रीको जबाफी अभिव्यक्तिमा एकातिर देशको मिचिएको भूमि प्राप्त गर्न चाहिने दृढ राष्ट्रिय इच्छा शक्ति, निडरता र कुटनीतिक परिपक्वता देखिएन भने अर्कोतर्फ सिमाक्षेत्रका नागरिकले खोतीपाती गरेको विषयसॅग देशको भुमिमा भारतीय सैनिक परेड खेलेर देशको भुमि कब्जा गरेर प्रयोग गरेको विषयको तुलना गर्नुमा गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन देखिन्छ, ' उनले भने, 'अझ प्रमले बेलायत सरकारसॅग अहिलेको युके, तत्कालीन ब्रिटिसको समेत प्रशंग निकाल्नु आत्मसमर्पणवादको अर्को पारकाष्ठा हो।'
उनले बहुमतले दिएको मुर्खबल र कुटनीतिक भाषाको महत्वको अनविज्ञता र स्टण्ट शैलीका कारण आइतबार राज्यले हिजो राज्यले ठूलो क्षति ब्यहोरेको बताए।
'अझ आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन गम्भीर संशय पैदा भएको छ,' उनले भने।