नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले फराकिलो अग्रता लिएका छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ४ हजार १०० मत गणना हुँदा भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका मधु आचार्यले १ हजार २७८ मत पाएका छन्। भण्डारी र आचार्यबीच ७६७ मतको अन्तर छ।
त्यस्तै, गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा.डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन्।
खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ। हालसम्मको मतगणनामा भण्डारी पहिलो र आचार्य दोस्रो स्थानमा छन्।
अब २ हजार ९४३ मत गणना हुन बाँकी छ।