शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र सत्तारूढ रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो।
राष्ट्रपति र रास्वपा सभापतिबीच समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सरकारले सिफारिस गरेका ३ अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड छ। यसबीच रास्वपा सभापति र प्रधानमन्त्री बालेन शाहबीच बिहीबार करिब ५ घन्टा कुराकानीसमेत भएको थियो।