झापाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यान बनगाउँ नगरपालिका-१ सल्लीबजारका ३० वर्षीय रमेश डिसी रहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान ११ बजे उनलाई मेचीनगर नगरपालिका-६ स्थित मेची खोलाको पुरानो पुलबाट पक्राउ गरेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।
उनले बोकेको झोलाभित्र २३ ग्राम ब्राउनसुगर फेला परेको पाठकले बताए। उनको झोलामा रहेको किताबभित्र ब्राउनसुगर फेला परेको उनले जानकारी दिए।
डिसीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको पाठकले बताए।