सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।
आजको श्रृंखलामा हामीले कात्तिक २७ देखि मंसिर २ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।
ललितपुरको झम्सीखेलस्थित ज्ञानमण्डलामा रहेको विइन्ड हर्स ग्यालरीमा कलाकार कपिलमणि दीक्षितको ‘न्यूड’ कला प्रदर्शनी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको नयाँ बसपार्कमा चुनावमा भोट खसाल्न हिँडेकाहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको नयाँ बसपार्कमा चुनावमा भोट खसाल्न हिँडेका मानिसहरूको भिड। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको होर्डिङ बोर्ड हटाउँदै काठमाडौं महानगरका प्रतिनिधि। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
महानगरले बसिरहेको स्थानबाट १० दिनभित्र हट्न सूचना निकालेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीहरू। तस्वीर: नवीनबाबु गुरूङ/ सेतोपाटी
पाँच दलीय गठबन्धनले काठमाडौंको कोटेश्वरमा आयोजना गरेको चुनावी सभामा कानेखुसी गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
काठमाडौंको दशरथ रंगशालामा भएको नेपाल र पाकिस्तान बीचको मैत्रीपूर्ण खेलमा गोल गरेपछि खुसी हुँदै नेपाली खेलाडी। तस्वीर: नवीनबाबु गुरूङ/ सेतोपाटी
गठबन्धनले काठमाडौंको कोटेश्वरमा आयोजना गरेको चुनावी सभामा काँधमा बच्चा बोकेर आएको एक जना मानिस। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
कीर्तिपुरको झोलुङ्गे पुलमा हिँड्दै गरेका दुई स्कुले बालिका। तस्वीर: नवीनबाबु गुरूङ/ सेतोपाटी