काभ्रेको बनेपामा टिपरमा आगजनी गरेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
फागुन ६ गते बा प्र ०१-००४ क ३४२३ नम्बरको टिपरले बा प्र ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको थियो।
३० वर्षीय ओमन प्रधानको मृत्यु भएपछि स्थानीयले टिपरमा ढुंगामुढा र आगजनी गरेको घटनामा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विदुर बुढाथोकी, विकाश राय, श्याम मानन्धर, नवीन तामाङ, उमेश खत्री, सिजन श्रेष्ठ, सुदर्शन तिमिल्सिना, रामबहादुर माझी, रेनुशा मोक्तान, कविता रसाइली, सरोज पराजुली, रवि थापा र नगेन्द्र शाह छन्।
उनीहरूमाथि सात दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।