सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न 'ट्रास ब्यारियर' जडान गरेको छ।
६५ लाख खर्च गरेर यस्ता ब्यारियर राखिएका हुन्।
गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता ब्यारियर राखिएको छ।
गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तिलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ।
आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास ब्यारियरले नदीमा तैरिने फोहोरहरू जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरू, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ। परीक्षणको रूपमा यसलाई सुरू गरिएको हो।
प्रारम्भिक रूपमा प्रभावकारी नै देखिएको उनले बताए।
पानीको सतह घटबढ हुँदा बेरियर आफै तलमाथि हुन्छ। आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरूमा राख्नेबारे तय गरिने नेपालले बताए।
-1771656808.jpg)
-1771656808.jpg)
-1771656807.jpg)
-1771656806.jpg)
-1771656806.jpg)
-1771656807.jpg)
-1771656806.jpg)
-1771656807.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी