चट्याङ लागेर डोटीमा एक जना पुरूषको मृत्यु भएको छ।
बडीकेदार गाउँपालिका–५ दुदिलाका हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले बोहराको बारीमा बाख्रा चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको बताए।
यस्तै, चट्याङ लागेर ६ वटा बाख्रा पनि मरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।