डडेल्धुरामा खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ।
गन्यापधुरा गाउँपालिका–४ कुलेडीकी अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बिहीबार दिउँसो गोठालो गएर फर्किने क्रममा खोला तर्ने क्रममा उनी बेपत्ता भएकी थिइन्।
उनको खोजतलास गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको हो।