झापामा बिहिबार राती भएका छुट्टाछुट्टं दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पूर्वपपश्चिम राजमार्ग अन्तर्गत कमल र शिवसताक्षीलाई जोडने कमल खोलाको पूलमा प्र१–०१–००२ ह २६७ नम्बरको अटो रिक्सा र मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलमा सवार बुद्धशान्तिका ४० बर्षिय उपेन्द्र सिग्देलको मृत्यु भएको हो ।
मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा नं – ११ का ५७ बर्षिय जिबन सुबेदी बाया खुट्टा र बाया हातमा चोट लागेको छ । दुर्घटनाका घाईतेहरुलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा सिग्देलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो चालक झापा गाउँपालिका वडा नं २ का ३० बर्षिय श्यामसुन्दर महतोलाई ईलाका प्रहरी कार्यालय झिलेझिलेले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मेचीनगर १२ धाईजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको नम्बर नखुलेको बुलेरो गाडीको ठक्करबाट पैदल यात्री सोही ठाउँका राजन विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।