सर्पले डसेर डोटीमा एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका डोटीका अनुसार के.आई.सिंह गाउँपालिका –४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु भएको हो।
बिहीबार दिउँसो घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेको बेलामा उनलाई सर्पले डसेको प्रहरीले जानकारी दिएको छ।
भट्टलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको थियो।
उपचारका क्रममा उनको बिहिवार बेलुका साढे ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जानकारी दिए।