भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन्।
सुर्यविनायक नगरपालिका-७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्।
असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिए।
‘शव काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको छ, बाहिरी चोटपटक देखिएको छैन,ʼ डिएसपी पाठकले भने।
उनलाई प्रहरीले १६गतेदेखि खोजीरहेको थियो। तर भेटिएकी थिइनन्।
उनका श्रीमान् रामकुमार नगरकोटीको आग्रहमा बिहिबार पुन जंगलको बाहिरी भागमा खोज्दा माया मृत भेटिएको डिएसपी पाठकले जानकारी दिए।