काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा फार्मेसीका कर्मचारी मृत भेटिएका छन्।
सेन्टरको फार्मेसीमा कार्यरत अर्घखाँचीका ३६ वर्षीय अमृत पोखरेल शुक्रबार बिहान पौने ८ बजे मृत भेटिएका हुन्।
सेन्टरको दुई तलामाथि उनी मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले सेन्टरका कर्मचारी पोखरेल स्टोर रूमको भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रिजालले बताए।