काठमाडौंको लाजिम्पाट क्षेत्र जलमग्न भएको छ।
शुक्रबार साँझ ६ बजेपछि परेको वर्षाले सडक जलमग्न भएको हो।
पानी तालिएपछि सवारी साधन चलाउन समेत गाह्रो भएको छ।
काठमाडौंमा एक/दुई घन्टा पानी पर्दा सडक र चोकहरू जलमग्न हुन्छन्। भल निकास हुने ठाउँ पर्याप्त नहुँदा बर्सेनि यो समस्या काठमाडौंवासीले भोग्दै आएका छन्।
तस्बिरहरू: विष्णु विश्वकर्मा/सेतोपाटी
















