नक्सालस्थित बालमन्दिरभित्र भेल पस्दा अनाथ बालबालिका बसेको कोठा जलमग्न बनेको छ।
गएरराति अविरल वर्षात्का कारण बालमन्दिरभित्र भेल पसेको र बालबालिकाले आश्रय लिइरहेको कोठा पानीले भरिएको नेपाल बाल संगठनकी निमित्त प्रमुख कार्यकारी निर्देशक सबिता लम्सालले जानकारी गराइन्
बालमन्दिरमा अहिले सय हाराहारी बालबालिका छन्।

‘हिजो राति ठूलो पानी परेको थियो। वरिपरिका घरहरूको निकास अहिले बालमन्दिरभित्रै आउने बनाइएको छ। ढल, मंगालको राम्रो प्रबन्ध नहुँदा पानी बगेर जान सक्दैन र कोठाभित्र पस्छ। हिजोराति पनि भल पस्यो। बालबालिकाले रातभर लगाएर पानी फाले,’ लम्सालले भनिन्।
बालमन्दिरमा २० दिनको नवजात शिशुदेखि २० वर्षको कलेज जाने उमेरका केटाकेटी पनि आश्रय लिइरहेका छन्। उनीहरूको हेरचाह, स्याहारसुसार नेपाल बालसंगठनले गर्दै आएको छ।