प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको निधनसँग जोडेर असंवेदनशील कुरा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको स्रोतले बतायो।
मगरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबारे सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो।
'प्रधानमन्त्रीजीसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको पायौं। अरूलाई विधवा बनाएर अब आफ्नो पनि त्यस्तै हो भन्ने खालको कुरा जोडेर लेखेको पाइयो,' स्रोतले भन्यो।
त्यस्तै मगरमाथि योसँगै प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोप छ।
उनलाई साइबर ब्युरोको टोलीले पक्राउ गरी काठमाडौं ल्याउने तयारी गरिरहेको छ।