बाजुरामा एक कर्मचारी मृत फेला परेका छन्।
मंगलबार बिहान बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जैलाल दानी मृत फेला परेका हुन्।
उनी सोही नगरपालिका–२ को निवास अगाडि रहेको कुर्सीमा मृत फेला परेको प्रहरीले जनाएको हो।
उनी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।
घटनाबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाएको छ।