धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार साँझ धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।
सोही ठाउँ बस्ने मोटरसाइकल चालक २१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।
मोटरसाइकल पछाडि सवार अर्का घाइतेको उपचार जारी छ।