काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेऊमा शंकास्पद वस्तु फेला परेको हो।
‘सिनामंगल–पुरानो बानेश्वर सडक खण्डमा पर्ने खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको सूचना आएको छ।अहिले त्यहाँ प्रहरी वृत्त बानेश्वरको टोली त्यहाँ पुगेको छ,’ उनले भने।
शंकास्पद वस्तु निष्क्रिय तुल्याउन नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको छ ।