मलेखु-धादिङवेशी सडकखण्ड अवरूद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तु जैसवालका अनुसार बुधबार मध्याह्न नीलकण्ठ नगरपालिका-८ च्याडु घुम्तीनजिकै सडक माथिबाट खसेको पहिरोले दुबैतर्फ सडक अवरुद्ध बनाएको हो।
अवरूद्ध सडक खुलाउने क्रम जारी भइरहेको डिएसपी जैसवालले बताए।
‘ठूला-ठूला ढुंगाहरू खसेका छन्, रूखहरू पनि ढलेका छन्,’ डिएसपी जैसवालले भने।
स्काभेटर परिचालन गरी पहिरो पन्छाउने कार्य भइरहेको र अझै केही समय लाग्ने जैसवालले बताए।
पहिराका कारण काठमाडौंबाट धादिङ सदरमुकाम धादिङवेशी हिँडेका र धादिङबाट काठमाडौं जान लागेका सवारी साधन बीचमै रोकिएका छन्।