दैलेखमा सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का पानीखोलास्थित सिँचाइ गर्न बनाइएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
मृत्यु हुनेमा स्थानीय ५ वर्षीया सपना खप्तडी र ८ वर्षीया विपना खत्री रहेको प्रहरीले जनाएको छ।
बिहीबार बेलुका घरदेखि ५० मिटर टाढा रहेको पोखरीमा खेल्न गएका उनीहरूको डुबेर मृत्यु भएको हो।
बालिकाहरू डुबेको थाहा पाएपछि अभिभावकले घरमा ल्याएर राखेका थिए।
प्रहरीले बेलुका ६ बजेमात्र खबर पाएको थियो। बालिकाहरूको शुक्रबार पोष्टमर्टम गरी आफन्तले शव बुझिसकेको प्रहरीले जनाएको छ।