पाल्पामा माछा मार्ने जालमा फसेर पानीमा डुब्दा एक जनाको मृत्यु भएको छ।
कालिगण्डकी नदीमा माछा मार्न गएका एक पुरूष जालमा फसेर डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।
मृतक रम्भा गाउँपालिका-२ रानीबास घर भई वडा नम्बर १ छापमा बस्ने २६ वर्षीय कोपिल पाँडे मगर छन्।
उनी घरदेखि १ किलोमिटर टाढा रहेको कालिगण्डकी नदीमा शुक्रबार माछा मार्न गएका थिए। माछा मार्न प्रयोग हुने जालमा फसेर उनी पानीमा डुबेका थिए। पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए।
उनको शव पोष्टमर्टमको लागि रामपुर अस्पतालमा पठाइएको छ।