कैलालीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्।
लम्कीचुहा नगरपालिका-६ गुलरामा एक जना वृद्ध मृत फेला परेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा अछामको साँफेबगर रिडिकोटका ६३ को वीरेन्द्रबहादुर स्वार छन्।
उनी शुक्रबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय लम्कीबाट थप अनुसन्धान भइरहेको छ।