बर्दियामा ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन्।
मधुवन नगरपालिका-८ का २१ वर्षीय अनिश थापा मगर ९०० ग्राम ब्राउन सुगरसहित पक्राउ परेको बर्दियाका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले जानकारी दिए।
प्रहरी चौकी हम्दमपुरबाट खटिएको टोलीले आइतबार मगरलाई गुलरिया नगरपालिका-११ गणेशपुर सडकखण्डबाट नियन्त्रणमा लिएको थियो।
भे ७ प ६२४८ नम्बरको स्कुटरमा भारतको लौकाही बोर्डरबाट आउँदै गरेका मगरलाई शंका लागेर जाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको प्रहरी निरीक्षक सापकोटाले बताए।
सोमबार जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी मगरमाथि अनुसन्धान अघि बढाएको छ।