नवलपरासीको, देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
विनयीलगायत ससाना खोलाहरूको बहाव बढ्ने जोखिम रहेको उसले बताएको छ। बाढी पूर्वानुमान महाशाखा ट्विटरमार्फत् बताएको हो।
यस्तै तिनाउ नदीले जल सतह पार गरेको पनि उसले बताएको छ। तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन पनि निर्देशन दिएको छ।
दाङको सुखबारेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो ३ घन्टामा ५७.२ र पछिल्लो ६ घन्टामा १०५.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
पाल्पाको बल्याङगडीमा भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो ३ घन्टामा ७५, ६ घन्टामा १८७.४ र १२ घन्टामा २४१.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
नवलपुरको देउराली स्टेसनमा पछिल्लो ६ घन्टामा १२९.४ मिलिमिटर वर्षा मापन भएको छ।
चितवनको भरतपुर विमानस्थल आसपासका क्षेत्रमा पनि पछिल्लो ६ घन्टामा १२६.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
चितवनकै रामपुर आसपास क्षेत्रमा पनि पछिल्लो ३ घन्टामा ६८.८ र पछिल्लो ६ घन्टामा १०३.२ मिलिमिटर वर्षा भएको छ।