दाङमा बाढीले बगाउँदा एक जना युवक बेत्तपा भएका छन्।
मंगलबार अपराह्नमा घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा आएको बाढीले एक जना युवकलाई बगाएर बेपत्ता बनाएको हो।
घोराही–१० का २८ वर्षीय सुनिल पुन मगर बेपत्ता भएको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।
उनका अनुसार मगर अपराह्न साढे चार बजेतिर खोलामा माछा मार्न गएका थिए। त्यतिबेला आएको बाढीले उनलाई बगाएको हो।
मगरको खोजी गर्न प्रहरी सहायक निरीक्षक लुकप्रसाद चन्दको नेतृत्वमा १० जना खटाइएका छन्। स्थानीयले पनि उनको खोजी गरिरहेका छन्।