बारामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
सिम्रौनगढ नगरपालिका-६ की २३ वर्षीया यास्मिन खातुनको हत्या आरोपमा उनका २६ वर्षीय श्रीमान मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको हो।
मोहमद भारत विहार पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाकाका हुन्।
माइतीघर बस्दै आएकी यास्मिनलाई उनले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
उनलाई ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको टोलीले बुधबार बिहान पक्राउ गरेको हो। यास्मिनको हत्या गरेपछि स्थानीयले मोहमदमाथि कुटपिट गरेका थिए।
प्रहरीको निगरानीमा उनको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ।
यस घटनामा थप अनुसन्धान प्रहरीले गरिरहेको छ।