अबिरल वर्षापछी खसेको पहिरोले घर भत्किँदा गुल्मीमा तीन बालबालिका घाइते भएका छन्।
बुधवार बिहान साढे १० बजेतिर गुल्मीको मदाने गाउँपालिका-२ भेडिखोरका मुक्त बहादुर घर्तीको दुई तले कच्ची घर पहिरोले भत्किँदा तीन बालबालिका घाइते भएका हुन् ।
घाइते हुनेहरूमा मुक्तबहादुरकी छोरी १२ बर्षिया करिस्मा घर्ती र ९ बर्षिय छोरा हिक्मत घर्तीसँगै स्थानीय देउवा परियारका छोरा १० बर्षिय अम्मर परियार छन्। प्रहरीका अनुसार उनीहरू पिँडीमा बसेर खेलिरहेका बेला अकास्मात् खसेको पहिरोले घर भत्किएको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाईते भएका तीनै जना बालबालिको मदाने सामुदायिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भईरहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय पुर्कोट दहवाट करिब १६ किलोमिटर टाढा रहेको र उद्धारको लागि प्रहरी जाँदै गरेकोले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।