राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ।
बुधबार विभागको टोलीले कमलपोखरीस्थित उनको घरमा छापा मारेको स्रोतले बतायो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर निस्किएका अन्दाजी ८० देखि १०० किलो सुन बरामद भएको घटनामा अनुसन्धान गर्ने क्रममा विभागको टोली उनको घरमा पुगेको हो।
यस प्रकरणमा विभागले १६ जनालाई पक्राउ गरिसकेको छ।