त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
सुनजस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
अवैध रूपमा भन्सार छलेर लैजान लागेको करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेटसहित ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गरेको थियो। जाँच गर्ने क्रममा उक्त ब्रासलेट बरामद भएपछि प्रहरीले भारतीय नागरिक सिराजलाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको प्रहरीले जनाएको छ।