तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुष मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको मृत फेला परेका हुन्।
अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
शवलाई दमौली अस्पतालमा राखिएको छ।