सप्तरीमा एक जना मिटरब्याजी पुर्पक्षका लागि थुनामा गएका छन्।
जिल्ला अदालत सप्तरीले एक जना मिटरब्याजीलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
राजविराज नगरपालिका-७ बस्ने ६४ वर्षीय रामाप्रसाद साहुलाई शुक्रबार थुनामा पठाएको हो।
उनीविरूद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भएको थियो। प्रहरीले जिल्ला अदालतमा मुद्दा पेश गर्दा १८ लाख धरौटी माग गरेको थियो।
तर धरौटी तिर्न नसकेपछि उनी पुर्पक्षका लागि थुनामा गएका हुन्। उनलाई कारागार कार्यालय सप्तरीमा राखिएको छ।