कालीखोलास्थित सडकमा लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
इच्छाकामना-६ मा पर्ने कालिखोलामा विहान ९ बजे पहिरो खसेको हो।
सडक विभागसँग समन्यव गरी पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए।
उक्त स्थान मुग्लिनदेखि करिब ५ किलोमिटर नारायणगढतर्फ पर्छ।