कर्णाली नदीमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन्।
शनिबार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी १२ वर्षीया बबिता टमटा कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन्।
उनी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए।
उनका अनुसार बेपत्ता बालिकाको खोजी भइरहेको छ।