पहिरोले अबरूद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ।
आइतबार बिहान इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा पहिरो खसेपछि यातायात अबरूद्ध थियो।
पहिरो हटाएपछि आज अपराह्नदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।