काठमाडौंको कीर्तिपुरमा करेन्ट लागेर एक जना वृद्धाको मृत्यु भएको छ।
मंगलबार बिहान कीर्तिपुर नगरपालिका-१ लहना थाम्बाल बस्ने ६७ वर्षीया दिलकुमारी महर्जनको मृत्यु भएको हो।
आफ्नो घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।