गोरखामा प्रथम शहीद लखन थापा मगरको सालिक अनावरण गरिएको छ।
देउरालीस्थित मझुवामा रहेको गोरखा प्रवेश गेटमा स्थापना गरिएको मगरको सालिक अनावरण गरिएको हो।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले शनिबार सालिक अनावरण गरेका हुन्। नेपाल मगर संघको समन्वयमा सालिक बनाइएको हो।
सालिक बनाउन गोरखा नगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो। यसमा नेपाल मगर संघले २ लाख रुपैयाँ थप गरी कूल १२ लाख रुपैयाँमा सालिक बनाइएको हो।