सल्यानमा एक जना महिलाको शव फेला परेको छ।
आइतबार शारदा नगरपालिका-१४ धारपानीस्थित मकैबारीमा ४५ वर्षीया प्रमिला गिरीको शव फेला परेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार प्रमिलाको घाँटीमा चोट देखिएको छ।
‘केही बेर अगाडि सूचना आएपछि घटनास्थलमा आइपुगेका छौं,’ उनले भने, ‘घटना आजै बिहान भएको हो वा रातिमा त्यो अनुसन्धान पछि थाहा हुन्छ।’
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रहरीले स्थानीयसँग सोधपुछ गरिरहेको छ।