सिन्धुलीको हरिहरपुर गढी क्षेत्रमा भीषण वर्षा भइरहेको छ। पहिल्लो तीन घन्टामा त्यहाँ १४२.४ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका १८ केन्द्रमा भारी वर्षा मापन भएको छ।
बाँकेमा पछिल्लो २४ घन्टामा तीन सय मिलिमिटर वर्षा भएको छ। त्यस्तै, बर्दियाको रामभपुर क्षेत्रमा १९२.६ मिलिमिटर, दाङमा पछिल्लो २४ घन्टामा १७४ मिलिमिटर वर्षा मापन गरिएको छ। मकवानपुरको चिसापानी क्षेत्रमा पनि भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १८५.२ मिलिमिटर वर्षा भएको छ।
बाराको अमलेखगञ्ज क्षेत्रमा पछिल्लो २४ घन्टामा २९०.२, दाङकै लालमटिया क्षेत्रमा १५०.८, सिन्धुलीको मरिनमा १६६.२, बाराको निजगढ क्षेत्रमा, १९०, कलैयामा १५४.२, सर्लाहीको पत्त्थरकोटमा १२२, सर्लाहीकै कर्मयामा १३७, धनुषामा २३३, बर्दियाको औरही खोलामा १८०, बर्दियाकै स्यानो श्री चेपाङमा १६५.८, चितवनको त्रिशूली काली खोलामा १०५.६ मिलिमिटर वर्षा भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।