बैतडीमा सर्पले टोकेर १६ वर्षीया किशोरीको मृत्यु भएको छ।
मंगलबार राति साढे १२ बजेतिर पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।
घरमा एक्लै सुतेकी चन्दले राति सर्पले टोकेको भनेर चिच्याएपछि छिमेकीहरू पुगेका थिए।
आँगनमा रोइकराइ गरिरहेकी किशोरीकी आमा बदेलले मकै खाने भएर पहरा दिन २० मिनेट जति टाढाको खेतमा गएकी थिइन्। किशोरीका बुवा र एक जना दाजु भारतमा छन्। अर्का दाजु एक जना महेन्द्रनगरमा पढाई गर्न गएका छन्।
मृतककी काकी लक्ष्मी चन्दले आफू पुग्दा किशोरीले बचाउ भनेर चिच्याएको बताइन्। नाडीमा सर्पले टोकेको दागजस्तो देखिएको उनको भनाइ छ। गाउँपालिकाको स्वास्थ्य शाखाको टोली, प्रहरीको टोली घटनास्थल पुगेको छ।