कैलालीमा बाढीका कारण एक जनाको मृत्यु भएको छ।
अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको हो।
उनी बुधबार खुटिया खोलामा दाउरा निकाल्ने क्रममा बाढी आएको थियो। बाढीमा बेपत्ता भएका उनको बिहीबार शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।