काठमाडौंको भोटाहिटीस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ।
बिहीबार राति काठमाडौं महानगरपालिका-२७ भोटाहिटीस्थित नेपाल हाउसको पाँचौं र छैठौं तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
मथुराम श्रेष्ठको घरमा भाँडाकुँडाको गोदाम रहेको कोठामा आगलागी भएको हो। करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
काठमाडौं महानगरका चार र नेपाली सेना, ललितपुर र भक्तपुरको एक-एक गरी सातवटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो।
घटनापछि प्रहरी वृत्त जनसेवाबाट डिएसपी भेषराज रिजाल नेतृत्वको टोली खटिएको थियो। त्यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिएको हो।
क्षति विवरण आइसकेको छैन।