अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यवसायी रोहन अडुकिया छुटेका छन्।
शनिबार बिहान ११ बजेतिर अडुकियालाई अध्यागमनले छाडेको स्रोतले बतायो।
शुक्रबार दिउँसो दिल्लीबाट एयर इन्डिगोमा काठमाडौं आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले पक्राउ गरेको थियो।
राजश्व अनुसन्धान विभागले झन्डै १०० किलो सुन प्रकरणमा संलग्न रहेको हुनसक्ने आशंकामा अडुकियाको नाम कालोसूचीमा राख्न अनुरोध गरेको थियो। राजश्वको अनुरोधमा अध्यागमनले उनलाई कालोसूचीमा राखेको थियो।
त्यसअनुसार नै शुक्रबार काठमाडौं आएपछि उनलाई अध्यागमनले पक्राउ गरेको थियो।
तर राजस्व अनुसन्धानले उनलाई बुझ्न नमानेपछि भने अध्यागमनले नै नियन्त्रणमा राखेको हो। सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ। तर उनलाई पक्राउ गर्नुपर्ने आवश्यक नदेखिएको प्रहरीले जनाएको छ।
अहिले उनलाई अध्यागमनले बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो।
रोहन अडुकिया व्यापारी राकेश अडुकियाका छोरा हुन्।