मकवानपुर आसापास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
विभागका अनुसार मकवानपुरको हेटौडामा अहिले भारी वर्षा भइरहेको छ। त्यहाँ पछिल्लो १ घन्टामा १९.४ मिलिमिटर वर्षा भएको छ भने पछिल्लो ३ घन्टामा ८१.६ र २४ घन्टामा १४०.४ मिलिमिटर वर्षा भएको छ।
मकवानपुरकै गढी क्षेत्रमा पछिल्लो ३ घन्टामा ७२.६ मिलिमिटर वर्षा मापन भएकाले पहिरो र तटीय क्षेत्रमा बाढीको जोखिम औंल्याइएको छ।
उता सिन्धुलीको मरिन खोला क्षेत्र, कुसुमटारमा शनिबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १७८ मिलिमिटर वर्षा मापन गरिएको छ।