दाङको घोराहीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।
घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित कटुवा खोलामा आएको बाढीले बगाउँदा स्थानीय ६४ वर्षका तिलकराम बिक बेपत्ता भएका हुन्।
घर पछाडि खोलामा शौच गर्न गएका बिक घर नर्फिएपछि खोजी गर्न जाँदा फेला नपरेका उनी बगेको आशंका गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले बताए।
बेपत्ता बिकको खोजी कार्यका लागि ३० जना प्रहरी परिचालन गरिएको गौतमले जानकारी दिए।