दाङको घोराहीमा खोलाले बगाउँदा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ।
घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित कटुवा खोलामा आएको बाढीले बगाउँदा स्थानीय ६४ वर्षीय तिलकराम बिक बेपत्ता भएका थिए।
आइतबार बिहान साढे ८ बजेतिर शौचालय गएका बिकलाई खोलाले बगाएको थियो।
उनको छाता, लाठी, चप्पल भने खोला किनारमा फेला परेको थियो। त्यसैका आधारमा उनी बगेको आशंका गरी खोजी सुरू भएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार खोजी गर्ने क्रममा घोराही-९ तेघरास्थित हापुर खोला किनारमा दिउँसो शव फेला परेको थियो।
शव पोष्टमर्टमका लागि अस्पताल पठाइएको गौतमले जानकारी दिए।