बुटवल-पाल्पा सडकखण्ड पहिरो झरेपछि अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत् तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तीस माइलमा सडक माथिबाट पहिरो झरेको हो।
दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कमल थापाले पहिरोका कारण गएराती १२ बजे देखि सडक अवरूद्ध भएको बताए।
पहिरो पन्छाएर अवरूद्ध सडक खुलाउने प्रयास भए पनि सडक खुलिनसकेको थापाले जानकारी दिए।
पहिरोसँगै सडकमा रूख ढलेर अवरूद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सवारीसाधनहरू बीच बाटामा रोकिएका छन्।