गएरातिदेखि अवरूद्ध बुटवल-पाल्पा सडकखण्ड बिहान साढे १० बजेदेखि पुन:सञ्चालन भएको छ।
सडकमाथिबाट रूखबिरूवासहित झरेको पहिरोको कारण बुटवल पाल्पा सडकखण्ड अवरूद्ध भएको थियो।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्डको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तीस माइलमा सडकमाथिबाट पहिरो झरेको थियो।
प्रहरी चौकी दोभानका प्रहरी नायब निरीक्षक कमल थापाले रातिदेखि अवरूद्ध बनेको सडक डिभिजन सडक कार्यालय पाल्पाले डोजर लगाएर पहिरो पन्छाएपछि सञ्चालन गरिएको जानकारी दिए।
मध्यराति खसेको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो।
पहिरो झरेपछि रातिदेखि सडकमा रोकिएका सवारी साधन र यात्रुहरू सडक सञ्चालन भएपछि गन्तव्यतर्फ लागेका छन्।